दफा २३
पदाधिकारीको पदावधि, सेवा, शर्त तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
(१) उपकुलपति, डीन तथा निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
(२) प्रतिष्ठानमा उपदफा (१) मा उल्लेख भए बाहेक तोकिए बमोजिमका अन्य पदाधिकारीहरू रहन सक्ने छन्।
(३) उपदफा (१) वा (२) बमोजिमका पदाधिकारीहरुको नियुक्ति, सेवा, शर्त तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।